प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०७८
मुस्ताङ: हिम पहिरो
२०७८-०७-२८

कार्तिक २८, जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला तर्फ प्रहरीको २ जनाको टोली गस्ति गर्दै जाने क्रममा मानापाथी हिमालकोको हिउ पग्लेर हिम पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको, खोलाको अबस्था सामान्य रहेको । उक्त टोली खोला बढ्न सक्ने आशंकाले त्यस स्थानमा नै रहेको । मानबिय क्षेति नभएको । साथै थासाङ २ न्याउरिकोट गाउँसम्म हिउ आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मुस्ताङबाट १० जनाको प्रहरी टोली खटि गएको ।भौतिक क्षति:-१. जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ न्याउरीकोट बस्ने बर्ष ५० कि रमला तुलाचनको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि घरको छाना उडाएको ।मानविय क्षति:-श्री जन आर्दश अम्मर सिंह मा.बि.मा भागदौड हुँदा भएको घाईतेहरु :-१. जिल्ला ललितपुर गोदावरी न.पा. ११ चापागाउ घर भई हाल सोहि विद्यालयको शिक्षिका बर्ष २८ की अनु देसाद, अबस्था सामान्य ।२. जिल्ला म्याग्दी घर भई हाल सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष १६ की अनुसा खत्री, अवस्था सामान्य ।३. ऐ.अन्नपुर्ण गा.पा ६ घर भइ हाल सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १४ को संगम बडुवाल बाँया खुट्टामा भित्री चोट ।४. ऐ.मालिका गा.पा. ५ घर भई हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत बर्ष १७ की मिलन पुन, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।५. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ सौरो घर भई ऐ. विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अमृता रोकामगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।६ . जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ४ तातोपानी घर भई हाल सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत वर्ष १४ की सुजिना के.सी. दाहिने खुट्टामा भित्री चोट अवस्था सामान्य ।७. जिल्ला पर्वत मोदी गा.पा. २ घर भई सोही विद्यालयको शिक्षक वर्ष २३ को बिरेन्द्र लामिछाने बाया खुट्टामा भित्री चोट ।८. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको वाल कक्षामा अध्ययनरत वर्ष ४ की अनुशा बि.क. दाहिने खुट्टामा चोट अवस्था सामन्य९. जिल्ला म्याग्दी बे.न.पा. ४ घर भई हाल सोही विद्यालयमा अध्ययनरत वर्ष १४ की स्नेहा किसान बाया खुट्टामा चोट अवस्था सामान्य ।१०. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको कर्मचारी वर्ष २८ की कोरिसा वि.क. बाया खुट्टामा भित्री चोट अवस्था सामान्य ।११. जिल्ला स्याङ्जा घर भई हाल सोही विद्यालयको शिक्षिका वर्ष २९ की शुसिला थापा मगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।माथि उल्लेखित घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको ।

गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न
२०७८-०७-१७

कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो । साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-१०

कार्तिक १०, जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस स्थितमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख ७० नं. को हाईसलाई रोकी उक्त हाईसमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको निम्न परिमाणमा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, हाईसलाई गन्तब्य तर्फ पठाएको । निम्नः-१. जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर बस्ने वर्ष २५ को साहिल पौडेलले बोकेको झोला भित्रबाट डाईजापाम- ७३ एम्पुल,नुर्फिन-७३ एम्पुल र फेनरागन ७३ एम्पुल गरि जम्मा-२१९ एम्पुल ।२. ऐ. २ अर्चलबोट बस्ने वर्ष २७ को नबिन पुनले बोकेको झोलाबाट डाईजापाम-२५ एम्पुल,नुर्फिन-२५ एम्पुल र फेनरागन-२५ एम्पुल गरि जम्मा ७५ एम्पुल ।

गोरखा: सवारी दुर्घटना
२०७८-०७-०२

कार्तिक ०२, जिल्ला गोरखा गण्डकी गाउँपालिका ८ स्थित फुजेलबाट बेनीघाट तर्फ आउदै गरेको ना४च ७७३८ नं.को बलेरो जिप ब्रेक फेल भई आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा उक्त जिपमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखु लगेको, चालक जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ४० को धन बहादुर थापा प्रहरी सम्पर्कमा अवस्था सामान्य, सवारी साधन घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।निम्न:-१.जिल्ला गोरखा गण्डकी गा.पा. ५ दर्बुङ् बस्ने वर्ष २१ कि प्रतिमा पोख्रेल, अबस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।२.ऐ.४ फुजेल बस्ने वर्ष २० को सुनिल थापा, अबस्था सामान्य बिर अस्पताल काठमाण्डौ रिफर ।३.ऐ.५ दर्बुङ् माईतीघर भई चितवन बस्ने वर्ष ४४ की सुस्मा श्रेष्ठ,अवस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।४.ऐ.ऐ. ४ फुजेल बस्ने बर्ष १८ को विवेक सिंखडा, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।५.जिल्ला धादिङ ज्वालामुखि गा.पा.१ बस्ने वर्ष २२ की सुस्मिता कोईराला, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।६.जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ९ की जेनिसा श्रेष्ठ, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<